काठमाडौँ । स्याङ्जाको हरिनास गाउँपालिकाले विद्यालयमा पढाइ भएको दिनदेखिको मात्र शिक्षकको तलब निकासा गर्ने गरेको छ ।
शिक्षकहरू विभिन्न माग राख्दै आन्दोलनमा रहँदा विद्यालय बन्द रहेको र पढाई भएको दिनदेखिको मात्रै तलब निकासा गर्ने गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिए । सोहीबमोजिम उनले विद्यालयलाई पत्राचार गरेका छन् ।
‘‘हरिनास गाउँपालिकाभरका विद्यालयहरूका शिक्षक, कर्मचारी तथा वाल शिक्षकहरूको विद्यालयमा पढाई भएको दिनदेखिको मात्रै तलब निकासा हुने सम्पूर्णमा अनुरोध छ,’ पत्राचारमा उल्लेख छ।
