काठमाडौँ । लोक सेवा आयोगले सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले बिहिवार एक सूचनामार्फत सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको जानकारी गराएको हो ।
लोक सेवा आयोग,धनकुटा कार्यालयले सञ्चालन गर्ने सशस्त्र प्रहरी बलको वि.नं.०२/०८१-८२,सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नं. १ बराह बाहिनी मुख्यालय, पकली, सुनसरीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा भवन तोकेको छ ।
