काठमाडौँ । प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पाले लोबुचे हिमालको सफलतापूर्वक आरोहण गरेकी छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आरोहणदलका सदस्यसहित जान लागेकी असई शेर्पाले लोबुचेको सफल आरोहण गरेको भन्दै महानिरीक्षक दिपक थापा तथा प्रहरीले परिवारले उनलाई बधाई दिएको छ ।
त्यस्तै, सगरमाथाको सफल आरोहणको लागि शुभकामना पनि व्यक्त गरिएको छ ।
उनी नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा कार्यरत छिन् ।
चैत २५ गते हेडक्वार्टरमा आयोजित एक कार्यक्रमबीच आईजीपी थापाले शेर्पालाई लैंगिक हिंसाविरूद्धको नारा अंकित ब्यानर हस्तान्तरण गरेर बिदाइ गरेका थिए ।