काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला गरेको छ ।
शैक्षिक सत्र २०८२ मा एसइई परीक्षामा समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरिएको हो । आजदेखि जेठ ११ गतेसम्म आवेदन दिन सकिने छ ।
जेठ १२ गते सम्म फाराम भर्दा तीन सय रुपैयाँ राजश्व बुझाउनुपर्ने छ भने दोब्बर दस्तुरमा ६ सय रुपैयाँ तोकिएको छ । दोब्बर दस्तुरका लागि जेठ १८ गतेसम्मको समय तोकिएको छ ।
हेर्नुस् सूचना :

