काठमाडौँ। नेपाली काँग्रेसका सांसद नागिना यादवले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र सांसद अमरेशकुमार सिंहलाई काँग्रेस सहमहामन्त्रीको छोराको नाम चोरीमा संलग्न रहेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएकी छन् ।
लिङदेनले भाटभटेनी लुटपाटमा काँग्रेसका सहमहामन्त्रीकै छोरा संलग्न भएको दाबी गरेका थिए ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेस सांसद यादवले आफ्नो पार्टीका नेताको छोरामाथि लगाएको आरोप प्रमाण काँग्रेसका नेता कार्यकर्तालाई दिन माग गरिन् ।
उनले थपिन्, ‘यदि त्यो आरोप सही होइन भनेन। भनिन् उहाँहरूले सदनबाट माफी माग्नुपर्छ ।