काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको अभियान टोलीले कैलारी गाउँपालिका-५, बैजपुरमा भजनी नगरपालिका र कैलारी गाउँपालिकाका द्वन्द्वपीडित तथा सहिद-बेपत्ता परिवारसँग छलफल गरेको छ ।
कार्यक्रममा सहभागी पीडित परिवारहरूले आफूहरूको पीडा, अवस्था र अपेक्षाबारे अध्यक्ष ‘प्रचण्ड’सामु खुलस्त राखेका थिए ।
अध्यक्ष ‘प्रचण्ड’ले द्वन्द्वकालीन मुद्दा समाधान, पीडितहरूको न्याय सुनिश्चितता र जीवनस्तर सुधार गर्न पार्टीको तर्फबाट निरन्तर पहल जारी रहने प्रतिबद्धता व्यक्त गरे ।
छलफलमा स्थानीय नेताहरू, पीडित परिवारका सदस्यहरू तथा माओवादी केन्द्रका विभिन्न तहका नेता-कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।