२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको कार्यान्वयनमा प्रेसको भूमिका सराहनीय : ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवं संविधानको कार्यान्वयनमा प्रेसको भूमिका सराहनीय भएको बताएका छन् । 

विश्व प्रेस स्वतन्त्रता दिवस (मे–३) का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारहरूलाई सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितामा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । 

“नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि भएका आन्दोलन एवं महान् जनयुद्धको बलमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानको कार्यान्वयनमा नेपाली प्रेसको भूमिका सराहनीय छ”, अध्यक्ष दाहालले सन्देशमा भनेका छन्, “प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा संवैधानिक र कानूनी प्रावधानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता हो, यस आवश्यकतालाई व्यावहारत: कार्यान्वयन गर्न प्रेस जगत निरन्तर लाग्ने विश्वास लिएको छु ।”

अध्यक्ष दाहालले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको सम्मान र संरक्षण गर्दै समृद्ध, उन्नत र समतामूलक समाज निर्माण गर्न प्रेरित गरोस् कामना गरेका छन् ।