काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा अहिले बैठक बसिरहेको छ।
बैठकमा संसदमा छलफलको क्रममा रहेका विधेयक, आगामी वर्षको बजेट, पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ । सरकारले यही जेठ १५ गते आगामी वर्षको बजेट ल्याउँदै छ ।







