काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६:३० बजे बालुवाटारस्थित सरकारी निवासमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावमाथि छलफल र निर्णयका साथै केही प्रशासनिक निर्णयहरू पनि हुनेछन्। आजको बैठकले प्रशासन र प्राविधिकतर्फ एकरएक गरी दुई जना सहसचिवलाई सचिव (विशिष्ट श्रेणी) मा बढुवा गर्दै छ ।
बढुवासँगै यी दुई सचिव र केही दिनअघि बढुवा भएका शोभाकान्त पौडेल गरी तीन जना सचिवको पदस्थापन हुनेछ। पदस्थापनका क्रममा केही सचिवको सरुवा पनि हुन सक्ने जानकारी सिँहदरवार विशेष ब्युरोलाई प्राप्त भएको छ ।







