२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अक्षत अन्टार्कटिका’ लाई ‘उत्तम शान्ति पुरस्कार’ प्रदान

अ+ अ-

काठमाडौँ । लेखक जीवा लामिछानेले अन्टार्कटिकाको यात्रा संस्मरणलाई आधार मानेर तयार गरेको पुस्तक ‘अक्षत अन्टार्कटिका’ लाई वर्ष २०८१ को ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गरिएको छ । 

आज यहाँ मैतीदेवीमा रहेको स्वर्गीय कृष्ण योग केन्द्रमा आयोजित समारोहमा लेखक लामिछानेलाई ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ का तर्फबाट अध्यक्ष डा.पार्थिवेश्वरप्रसाद तिमिल्सिना, डा.वासुदेव त्रिपाठीलगायतले रु एक लाख राशिको उक्त पुरस्कार प्रदान गरे । 

साहित्यकार डा.त्रिपाठीले ‘अक्षत अन्टार्कटिका’ ले पाठकलाई ‘अन्टार्कटिका’ को यात्रा गराउने बताए । उनले भने, “लेखक लामिछानेले लेखेको पुस्तकले मलाई पुराना साहित्यकारको शैलीको जस्तै आभाष दिलाएको छ । उनको यात्रा स्मरणले हामीलाई पनि त्यही पुगेको महसुस गराएको छ ।” डा.त्रिपाठीले साहित्यकार उत्तम कुँवरसँगको भेटघाट, नेपाली साहित्यको विकासमा ‘रूप रेखा’ को योगदानका विषयमा चर्चा गरे । 

गुठीका अध्यक्ष डा.तिमिल्सिनाले ‘नवीन सोच, रोचक शिल्प र नयाँ शैलीसहित अन्टार्कटिका जस्तो दुरुह हिमप्रदेशको रोमाञ्चक यात्रावृतान्तमार्फत् पर्यावरणजस्तो  विषयलाई सशक्त रूपमा बहसको विषय बनाउन सफल भएकाले उक्त पुरस्कार दिने निर्णय गरिएको बताए। उनले भने, “लेखक लामिछानेभन्दा पनि अगाडि ‘अन्टार्कटिका’ मा अरु नपुगेका होइनन्, तर उनीहरूको यात्रासँगै त्यो अनुभव सकियो, तर लामिछानेले हामीलाई आफ्नो अनुभूति पुस्तकमार्फत साटे । हामी पाठकका रूपमा यो पुस्तक पढेपछि आनन्दित भएका छौँ । यसले अन्यलाई यात्रा गर्न र त्यसलाई साहित्यका माध्यमले संग्रहित गर्न प्रेरणा दिन्छ ।”

डा।तिमिल्सिनाले यो पुरस्कारलाई साहित्यकार कुँवर परिवारको सहयोगले निरन्तर रूपमा अगाडि बढाइरहेका बताए। वर्षभरि प्रकाशित निबन्ध, संस्मरण, जीवनी, आत्मकथालगायत आख्यानमुक्त गद्य विधामा रचना गरिएका गैरआख्यानात्मक कृतिमध्ये एक उत्कृष्ट कृतिलाई ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ ले विसं २०४४ देखि रु एक लाख राशिका पुरस्कार समर्पित गर्दै आइरहेको उनले जानकारी दिए। 

लेखक लामिछाने पुरस्कारले लेखकका रूपमा आफूलाई ऊर्जा थपेको बताए । “यो एकदमै प्रतिष्ठित पुरस्कार पाउँदा मैले जिम्मेवारी बढेको महसुस गरेको छु । मलाई लेखकका रूपमा अगाडि बढ्न यसले उत्तरदायित्व थप्नुका साथै ऊर्जा दिएको छ”, उनले भने । 

‘स्रष्टा र साहित्य’ नामक अन्तर्वार्ता कृतिका लागि विसं २०२३ मा मदन पुरस्कार प्राप्त गरेका ‘रूपरेखा’ का सम्पादक तथा निबन्धकार उत्तम कुँवर विसं २०३९ मा ४३ वर्षको उमेरमै दिवङ्गत भएपछि उनको स्मृतिमा उनकी धर्मपत्नी शान्ति कुँवरले यो पुरस्कारको स्थापना गरेकी थिइन् । 

विगतमा यस पुरस्कारबाट मञ्जुल, सत्यमोहन जोशी, अम्बर गुरुङ, देवीचन्द्र श्रेष्ठ, दुर्गा घिमिरे, इल्या भट्टराई, सरुभक्त, भुपिन, शारदा शर्मा, जगदीश घिमिरे, कर्ण शाक्य, भैरवबहादुर थापा, झमक घिमिरे, परशु प्रधान, देवेन्द्र भट्टराई, गिरीश गिरी, टुकराज मिश्र, कृष्णचन्द्रसिंह प्रधान, निर्मोही व्यासलगायत पुरस्कृत भइसकेको गुठीले जनाएको छ ।