काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक आज दिउँसो बस्ने भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको लोत्से हलमा दिउँसो १ बजे बस्ने बैठकमा संसदमा यही जेठ १५ गते प्रस्तुत बजेट र समसामयिक विषयमा छलफल हुने मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए ।
पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा आजको परिस्थितिमा बजेट के कस्तो आउनु पर्थ्यो, कस्तो आयो भन्ने विषयमा विभिन्न पाटोबाट गहन छलफल र मन्थन गरिने उनले जानकारी दिए । त्यसबारे उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले विश्लेषणात्मक जानकारी गनेछ ।







