काठमाडौँ । रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ परेका छन् ।
उनलाई ठगीको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीले जानकारी दिए । पवनसँगै उनका बाबु बलराम महतोविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
रेग्मीका अनुसार उनीहरुविरुद्ध सन्तोष यादवले धनुषा प्रहरीमा उजुरी दिएका हुन् । यादव पनि ठेक्कापट्टा व्यवसाय गर्दै आएका छन् । उनीहरू मिलेर ठेक्कापट्टाको काम गर्दै आएकोमा पछिल्लो समय भने विवाद आएको थियो ।
काठमाडौँबाट पक्राउ परेका महतोलाई धनुषा लगिएको छ ।







