२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालमाथि भ्रष्टाचार मुद्दा दायर भएकोबारे झलनाथले भने-‘तथ्य राम्ररी बुझेर मात्र बोल्नुपर्छ’

अ+ अ-

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएकाबारे तथ्य अध्ययन गरेर मात्रै पार्टीले धारणा तय गर्ने बताएका छन् ।

अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मुद्दा दायर गरेपछि यो विषयमा पार्टीमा छलफल गरेर धारणा तय गर्ने बताए ।

उनले भने, ‘मुद्दा दर्ता भएको हामीले पनि थाहा पायौँ, यसमा अब आधार के हुन् ? तथ्य के हुन् ? केही थाहा छैन । पार्टीभित्र पनि छलफल भएको छैन । पार्टीले तुरुन्त बैठक बसेर छलफल गर्नुपर्ने आवश्यकता देखेको छु । पार्टीभित्र छलफल गरिसकेपछि मात्रै हाम्रो औपचारिक प्रतिक्रिया आउँछ ।’

यो मुद्दा दर्ता हुनुमा राजनीतिक प्रतिशोध देख्नुहुन्छ ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले थपे, ‘प्रतिशोध नै छ भने पनि त्यसरी टिप्पणी गर्ने बेला होइन, पूर्वप्रधानमन्त्रीमाथि लागेको मुद्दा हो । त्यसैले घटनाक्रमलाई राम्रोसँग बुझेर मात्रै बोल्नु उपयुक्त हुन्छ ।’

उनले मुद्दा दर्ता भएपछि अध्यक्ष नेपाल गौरबाट काठमाडौं फर्किँदै गरेको भन्दै आइसकेपछि पार्टीमा छलफल हुने बताए ।