काठमाडौं। सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
यादवमाथि रु.६ लाख ७० हजार बिगो कायम गरी घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आज आरोप पत्र पेश गरिएको हो।








