काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर पुगेकी छन् । विराटनगरमा भोलिदेखि सुरु हुने उपप्रमुखहरूको राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज भण्डारी विराटनगर पुगेकी हुन ।
उपप्रमुखहरूको सम्मेलन बाहेक पूर्वराष्ट्रपति भण्डारीको कोशी प्रदेशमा अन्य कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको भण्डारीको सचिवालयले जनाएको छ ।
उनी एमाले कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागले झापाको विर्तामोडमा आयोजना गरेको प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी कार्यक्रममा सहभागी भएको काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।
उनको औपचारिक दुई वटा कार्यक्रम भए पनि अनौपचारिक रूपमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग भेटघाट रहेको सचिवालयले जनाएको छ । चीन भ्रमण लगत्तै भण्डारी विराटनगर पुगेकी हुन् ।
जेठ १० गते एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योग मन्त्री दामोदर भण्डारी, नेता कर्णबहादुर थापा लगायतको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भण्डारी चिन गएकी थिइन् ।







