२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोशनी अधिकारीलाई आइयुसिएन क्षेत्रीय काउन्सिलर पदमा समर्थनका लागि नेपालको आग्रह

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आईयुसीएन) का सदस्य राष्ट्रहरू र काठमाडौँमा रहेका सबै कूटनीतिक नियोगहरूलाई रोशनी अधिकारी पाठकलाई आइयुसिएनको दक्षिण तथा पूर्वी एसियाका लागि क्षेत्रीय काउन्सिलर पदमा समर्थन गर्न आग्रह गरेको छ।

दक्षिण तथा पूर्वी एसियाबाट पाँच जनाका लागि उक्त पद रहेकोमा सात जनाको उम्मेदवारी रहेको बताइएको छ।

मन्त्रालयले पठाएको पत्रमा आगामी आइयुसिएन विश्व संरक्षण महाधिवेशन २०२५ मा उक्त निर्वाचन हुने जानकारी गराइएको छ। यो महाधिवेशन अक्टोबर २ देखि १५, २०२५ सम्म संयुक्त अरब इमिरेट्सको अबुधाबीमा आयोजना हुनेछ।

परराष्ट्र मन्त्रालयले पाठकको विस्तृत व्यक्तिगत विवरण संलग्न गरेको जनाएको छ। मन्त्रालयद्वारा जारी आग्रह पत्रमा भनिएको छ, ‘पाठक एक उच्च अनुभवी संरक्षणविद् हुन् जसलाई दक्षिण र दक्षिणपूर्वी एसियाभर जैविक विविधता र वातावरण शासनसम्बन्धी गहिरो बुझाइ छ। यसकारण, उनले यस क्षेत्रको प्रभावकारी प्रतिनिधित्व गर्न क्षमता राख्छिन्।‘