९ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१३ वर्षदेखि बालबालिकालाई काममा लगाउने प्रस्ताव : मन्त्री भन्छन्-‘विद्यालयबाट निकालेर श्रममा लगाउने उद्देश्य होइन’

अ अ+ अ-

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मुलुकको आर्थिक, सामाजिक र बालबालिकाको पारिवारिक अवस्थालाई मध्यनजर गर्दै १३ देखि १५ वर्षसम्मका बालबालिकालाई निश्चित शर्तमा हलुका काम गर्न दिने प्रस्ताव गरिएको बताएका छन् । 

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयकमाथिको सैद्धान्तिक बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् । 

उनले अहिले नेपालमा ११ लाख बालबालिका श्रममा रहेको तथ्यांक उल्लेख गर्दै ती बालबालिकालाई श्रमबाट बाहिर निकाल्ने उद्देश्यले नै विधेयक ल्याइएको दाबी पनि गरे। उनले बालबालिकालाई विद्यालयबाट निकालेर श्रममा लगाउने सरकारको उद्देश्य नभएको पनि स्पष्ट पारे। बालबालिकाको पारिवारिक आर्थिक अवस्था तथा अभिभावकविहीन बालबालिकाको संरक्षण क्षमता राज्यसँग छ कि छैन भन्ने कुरा मुख्य भएको उनको भनाइ छ । मन्त्री यादवले बालश्रम पूर्ण रूपमा निषेध गर्ने कानुन बनाउनुपर्ने भए पनि वर्तमान परिस्थितिमा त्यसले मात्रै समस्या समाधान नहुने बताए। सोही कुरालाई मध्यनजर गर्दै सरकारले १३ देखि बालबालिकालाई निश्चित सर्तसहित हलुका काममा मात्र संलग्न गराउने प्रस्ताव गरिएको उनले बताए । उनले बालबालिकालाई श्रममा लगाउनुअघि बालबालिकाले शिक्षा, स्वास्थ्यलगायत आधारभूत अधिकार प्राप्त गरेका छन् वा छैनन् भन्ने सुनिश्चित गर्नुपर्नेमा जोड दिए। 

उनले भने, ‘हामी कुनै पनि बच्चालाई स्कुलबाट निकालेर काममा लगाउनुपर्छ भन्नेतर्फ छैनौँ । हामीले बच्चालाई स्कुलमा टिकाउनुपर्छ भन्ने पक्षमै हो । तर गरिबी, परिवारको आर्थिक स्थिति तथा परिवारमा कोही पनि अन्य सदस्य नभएको बच्चाको रेखदेख राज्यले गर्न सक्छ कि सक्दैन भन्ने कुरा मुख्य हो । खासमा हामीले बालश्रम नै निषेध गर्ने खालको कानून बनाउनुपर्थ्यो । तर त्यो समाधान हुन सक्दैन । यद्यपि बालश्रमको नियमन चाहिँ गर्नुपर्छ । सोही कारण हामीले बालबालिकाको वर्गीकरण गरेर बालश्रमको कुरा गरेका छौँ । देशको स्थिति हेरेर १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका श्रममा लगाउने प्रस्ताव गरिएको हो । त्यो १३ वर्षदेखि १५ वर्षको बालकले कस्तो काम गर्न पाउँछ भने कुनै परिवारमा आमाबुवालाई सघाउनलाई सामान्य किसिमको सहयोग गर्ने खालको । १३ वर्षको बच्चा त ७, ८ कक्षामा पढिरहेको हुन्छ नि त । त्यही भएर हलुका श्रम छ भने लगाउने नभए नलगाउने हामीले प्रस्ताव गरेका हौँ । श्रममा लगाउनुभन्दा पहिले उसले शिक्षा, स्वास्थ्य लगायतका आधारभूत अधिकार पाएको छ कि छैन भन्ने कुरा हेर्नुपर्ने हुन्छ । यद्यपि विधेयकमा हामीले बालश्रम निषेध गर्ने, नियमन गर्ने, उद्धार, पुन:स्थापना र पुनरेकीकरण लगायतका कुराहरू समेत समेटेर यो प्रस्ताव गरेका हौँ ।’

प्रस्तावित विधेयकमा बालश्रम निषेध तथा नियमनसँगै बालबालिकाको उद्धार, पुन:स्थापना र पुन:एकीकरणसम्बन्धी व्यवस्था समेत समेटिएको उनको भनाइ छ ।

0 Comments