२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाले भने-‘सभापतिले पनि सरकारको कामको गति पुगेको छैन भनिसक्नुभयो, समीक्षा गर्दैछौँ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले केपी ओली नेतृत्वको सरकारलाई सफल बनाउनको लागि सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेको बताएका छन्।

विराटनगर पुगेका महामन्त्री थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले अपेक्षा अनुसार काम गर्न नसकेकाले गम्भीर समीक्षा गर्नुपर्ने बताए।

उनले भने, ‘हाम्रो पार्टी सभापतिले पनि भनिसक्नुभयो सरकार जुन गतिमा चल्नुपर्ने हो, जस्तो खालको परिणाम दिनुपर्ने हो त्यो दिन सकिरहेको छैन। यसमा गम्भीर समीक्षा गरिरहेका छौँ।’

उनले आफू पनि सहभागी भएको सरकारलाई थप प्रभावकारी कसरी बनाउने भन्नेबारे अब चाँडै बस्ने केन्द्रीय समितिको बैठकमा पनि छलफल हुने बताए। उनले बैठकमा पार्टीबाट सरकार गएका मन्त्रीहरूको कामबारे पनि गम्भीर छलफल गर्ने बताए।

यस्तै, उनले पार्टीको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुङ्गो लाग्नुपर्ने भन्दै हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रको सदस्यता नवीकरण एवं छिनोफानोतिर लाग्न आग्रह गरेका छन्।

उनले अहिलेसम्म आफ्नो बाहेक अरू कुनै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता नवीकरणको काम नटुंगीएको बताएका छन्।