२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा

अ+ अ-

काठमाडौँ । मधेश प्रदेश सरकारले ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा गरेको छ ।

मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले आगामी आर्थिक वर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रमको घोषणा गरेकी हुन् ।

उनले गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ नारालाई आत्मसात गर्दै साक्षरता अभियानको कार्यक्रम अगाडि बढाइने बताइन् ।

मधेशमा अघिल्लो जसपा नेपाल नेतृत्वको सरकारले महत्वाकांक्षी ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाएको थियो, तर उक्त कार्यक्रममा भ्रष्टाचार भएपछि अहिले अलपत्र अवस्थामा छ ।

मधेशमा अहिले जनमत पार्टी नेतृत्वको सरकार छ । वर्तमान सरकारले अघिल्लो सरकारकै कार्यक्रमलाई नयाँ स्वरूप दिन खोजेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख भण्डारीले ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमको मूल्यांकन र अनुगमनपश्चात् निरन्तरता दिइने उल्लेख गरिन् ।

सरकारले आत्मनिर्भर र समृद्ध मधेश, सुखी मधेशी मूल सोचलाई केन्द्रमा राखेर आगामी आवको नीति तथा कार्यक्रम ल्याएको छ । कृषिलाई मेरुदण्डको रूपमा स्वीकार गर्दै खाद्यान्नमा आत्मनिर्भर बनाउन मधेशले देशलाई खुवाउने अभियानलाई केन्द्रमा राखी ‘उत्पादन मधेशमा, विस्तार देशमा’ नारालाई आत्मसात गर्दै कृषि उत्पादन बढाउने लक्ष्य राखेको छ ।

मधेश सरकारले मखान खेतीलाई पनि प्राथमिकतामा राखेको छ । आगामी आवको नीति तथा कार्यक्रममार्फत ‘मधेशको सान, स्थानीय मखान’ नारा दिँदै मखान खेतीको विकास र विस्तार योजना ल्याएको छ । मखानको उत्पादन, प्रशोधन, लेवलिङ र ब्रान्डिङ गर्ने लक्ष्य लिइएको प्रदेश प्रमुख भण्डारीले उल्लेख गरेकी छन् ।

यस्तै सरकारले नीति तथा कार्यक्रममा आँपको बगैँचा, मधेशको समृद्धि नारालाई आत्मसात गर्दै मधेशका आठ वटै जिल्लामा आँप बगैँचा विस्तारको योजना पनि समेटेको छ ।

मधेशलाई सिँचाइमा आत्मनिर्भर बनाउन ‘खेतखेतमा पानी, घरघरमा खाद्यान्न’ नारा दिएको छ । ‘हर हातमे सीप, घरघरमे रोजगार, समृद्ध मधेशके आधार’अन्तर्गत पहिलो चरणमा एक लाख रोजगारीको अवधारणालाई अगाडि बढाइने पनि घोषणा गरिएको छ ।