२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभामा सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । 

प्रदेश सभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको हो ।

छलफलमा भाग लिने प्रदेश सभा सांसदहरू ललिता सुनार, मानबहादुर धामी, तुलसी देवकोटा, धर्मराज पाठक, खुसीराम डगौरा थारू, प्रकाश रावल, डा ताराप्रसाद जोशी, मधुदेवी भारती, दमनबहादुर भण्डारी र पदमबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रममा कतिपय विषय छुटेका भन्दै ती विषय समेट्नुपर्ने सुझाव दिए ।

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले ‘सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गरियोस्’ भनी सभामा प्रस्ताव पेस गरेका थिए । 

आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेशसभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ माथि सामान्य छलफल गरिएको छ । 

उक्त प्रस्तावमाथि भएको छलफलमा प्रदेशसभा सांसद शिवराज भट्ट र चक्रबहादुर मल्लले भाग लिएका थिए । 

आन्तरिक मामिला तथा कानुनमन्त्री सार्कीले छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए । बैठकको प्रारम्भमा प्रदेश सभा अन्तर्गतको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।