काठमाडौँ । नेपाल-भारत संयुक्त कञ्चनजंघा हिमाल आरोहण-२०२५ मा सहभागी टोलीलाई जंगी अड्डामा सम्मान गरिएको छ ।
आरोहणमा सहभागी नेपाली सेनाका अधिकृत, पदिक तथा अन्य दर्जाका १० जना तथा केन्द्र एवं क्याम्पबाट समन्वय गर्ने पाँच गरी १५ जनालाई प्रधान सेनापति अशोकराज सिग्देलले शुक्रबार ‘प्रधानसेनापति प्रशंसा’द्वारा सम्मान गरेका हुन् ।
नेपाली सेनाका १० र भारतीय सेनाका पाँच गरी जम्मा १५ जना सहभागी संयुक्त कञ्चनजंघा हिमाल आरोहण टोलीले यही जेठ ५ र ६ गते कञ्चनजंघा हिमालको सफलतापूर्वक आरोहण गरेको थियो ।
उक्त अभियानको २१ चैत २०८१ मा भारतको नयाँ दिल्लीमा भारतीय रक्षामन्त्रीको उपस्थितिमा ‘फ्ल्याग अफ सेरेमोनी’ सम्पन्न भएको थियो ।







