काठमाडौँ । काभ्रेपलाञ्चोकबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-१५ घर भएका हाल काठमाडौँ मध्यबानेश्वर बस्ने ५६ वर्षीय ध्रुव प्रसाद भेटवाल रहेका छन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ मध्यबानेश्वरबाट शुक्रवार पक्राउ गरेको हो ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट भेटवाल जेठ ७ गते उक्त मुद्दामा फरार रहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको छ ।







