२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री पाण्डेले भने ‘सडक पूर्वाधारको स्तरवृद्धि प्राथमिकतामा’

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशको ११ वटै जिल्लामा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह अभियान आइतबारदेखि सुरु भएको छ । अभियानको सुरुवात पोखरामा आयोजित एक समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे ।

“जिम्मेवार चालक म, जिम्मेवार यात्री हामी, सुरक्षित सडक र सवारी हामी सबैको जिम्मेवारी” भन्ने नारासाथ सप्ताहव्यापी अभियान सुरु गरिएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखरा र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले पोखरामा आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सडक पूर्वाधारको स्तरवृद्धिलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

“यातायात क्षेत्रलाई थप व्यवस्थित बनाउन, सर्वसाधारण नागरिकलाई सरल, सहज सेवा दिन प्रदेश सरकारले यातायात सेवालाई विस्तार र व्यवस्थित गर्दै आएको छ”, उनले भने, “यस क्षेत्रमा अनलाइन प्रणालीको विकासलाई हामीले निरन्तरता दिएका छौँ” देशभर चर्चा भएको राइड सेयरिङलाई व्यवस्थित गर्ने गरी गण्डकी प्रदेश सरकारले कानुन निर्माण गरेको छ ।”

“सरल, सहज सेवा लिने आम नागरिकको चाहना र अपेक्षाका साथै प्रदेश सरकारले राजस्व सङ्कलनको एउटा क्षेत्रको रूपमा लिएको छ” उनले भने, “राइड सेयरिङ व्यवहारमा लागु गर्न सबै यातायात व्यवसायी, आमनागरिक सबैमा अपिल गर्दछु ।”

ट्राफिक सचेतना कार्यक्रम साप्ताहिक कार्यक्रम मात्र नभएको बताउँदै हाम्रो जीवन र समाजलाई सुरक्षित, मर्यादित र अनुशासित बनाउने अभियान भएको उनले बताए । “सवारी चालक र यात्रुलाई नियममा बाँध्न, दुर्घटना न्यूनीकरण गर्न, नैतिक शिक्षा प्रदान गर्न यस्ता अभियान आफैँमा महत्त्वपूर्ण छ”, उनले भने, “ट्राफिक नियम उलङ्घन र लापरबाहीले दैनिक जसो दुर्घटना बढेकाले यस्ता कार्यक्रमले दुर्घटना न्यूनीकरण सहयोग पुग्ने छ ।”

सडक दुर्घटना न्यूनीकरणमा सहयोग गर्न गण्डकी प्रदेश सरकारले ट्राफिक प्रहरीलाई जाँचको सामग्री सहयोग गर्ने, सिसिटिभीहरू जडान गर्ने, सचेतनामूलक अभियानहरू सञ्चालन गर्न सहयोग गर्दै आएको उनको भनाइ छ ।