काठमाडौँ । विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ।
प्रतिनिधिसभा बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको थियो। तर, सत्ता पक्ष र विपक्षी दलहरूबीच सहमति नजुटेपछि बैठक आजै दिउँसो सवा ३ बजेका लागि सारिएको थियो। निर्धारित समयमा बैठक सुरु हुन नसकेपछि साँझ साढे ५ बजेका लागि बैठक सारिएको थियो।
तर, बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले अवरोध गरेपछि भोलीसम्मका लागि स्थगित भएको हो।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्दै आएका छन्।







