२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुग्लिन-मलेखु सडक आठ किलोमिटर कालोपत्रे

अ+ अ-

काठमाडौँ । मुग्लिन-मलेखु सडकको करिब आठ किलोमिटर भाग कालोपत्रे गरिएको छ । थप दुई किलोमिटर कालोपत्रे गर्ने तयारी गरिएको छ ।

नागढुंगा-मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार चितवनतर्फ लेवाटार, कुरिनटार, चुम्लिङ्टार र फिस्लिङ बजार क्षेत्रमा कालोपत्रे गरिएको छ ।

धादिङतर्फ मझिमटार, चरौदी र विशाल टारमा चार लेन सडक कालोपत्रे गरिएको हो । झण्डै १४ मिटर फराकिलो कालोपत्रे गरिएको छ । धादिङको मझिमटार र विशालटारमा  झण्डै दुई किलोमिटर क्षेत्र कालोपत्रेको तयारी गरिएको छ ।

प्रमुख नेपालले भने, “करिब आठ किलोमिटर क्षेत्र कालोपत्रे भएको छ, मौसमले साथ दियो भने थप दुई किलोमिटर कालोपत्रे गर्दैछौँ ।” अहिलेसम्म ३२ प्रतिशत हाराहारी प्रगति भएको उहाँले जानकारी दिए । असारसम्ममा चार वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नेपाल बताउनुहुन्छ । ती पुलमा बिम (गडर) राख्नका लागि तयारी गरिएको छ । हेभी उपकरणमार्फत बिम पुलमा चढाउनुपर्ने हुन्छ । 

आयोजनाका इन्जिनियर विजय दरैका अनुसार भारतबाट उपकरण मगाएर काम गर्ने तयारीमा निर्माण कम्पनी रहेको छ । अरू दुई वटा पुलको फाउण्डेसनको काम भइरहेको छ । चितवनतर्फको बारवाङ र मौवा खोला एवं धादिङतर्फको गौमती र खतौटीको पुलमा बिम राख्नका लागि तयारी गरिएको छ भने धादिङतर्फका चरौदी र हुग्दीमा फाउण्डेसनको काम हुँदैछ । 

असार पहिलो साता पुलमा बिम चढाउने तयारीमा आयोजना रहेको छ । बिम चढाउँदा सडक बन्द गर्नुपर्ने दरै बताछन् । उपकरण आएपछि स्थानीय प्रशासनसँग समन्वय गरेर काम गर्ने उहाँले जानकारी दिनुभयो । यो खण्डमा दुई दशमलव दुई किलोमिटर छ लेन सडक बन्नेछ । जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । चार लेन सडक सात दशमलव दुई किमी हुनेछ । यो रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ । उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ लेन पनि बनाइनेछ । जुन दुई दशमलव तीन किलोमिटर हुनेछ । बाँकी सडक ‘डेडिकेटेड’ दुई लेनको हुनेछ ।

विक्रम संवत् २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्ने गरी यो सडक ठेक्का लगाइएको हो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-नागढुंगा सडक खण्डलाई तीन प्याकेज बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो प्याकेजमा पर्दछ ।  यो प्याकेजमा ३८ दशमलव ८६ किलोमिटर पर्दछ ।

शर्मा-जेडआइसिजीले रु चार अर्ब ८० करोड ५९ लाखमा सो खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामको काम, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम भइरहेका छन् । यो सडक विश्व बैंकको सहयोगमा बनाइएको हो ।