२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली

अ+ अ-

म्याग्दी । धवलागिरि गाउँपालिका-२ लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत सो गाउँपालिकाको केन्द्र मुना हुँदै लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको हो । 

मुख्य शाखा लाइनको पोल गाड्ने, तार तान्ने र १०० केभिए क्षमताको ट्रान्सफर्मर जडान गरेर विद्युत् आपूर्ति गराइएको धवलागिरि-२ का वडाध्यक्ष अकप्रसाद कुमाईले जानकारी दिए। “परीक्षण सफल भएको छ, उपभोक्ताको घरघरमा वाइरिङ र मिटर बक्स जडान गरेर बिजुली बाल्ने काम भइरहेको छ,” उनले भने, “मिटरबक्स जडान भइसकेको नयाँ वनमा गत फागुनमा नेपाल टेलिकमले राखेको मोबाइलको बिटिएस टावर सञ्चालनमा आएको छ ।”

विद्युत् अभावमा मोबाइल टावर सञ्चालन हुन सकेको थिएन । लुलाङ, लमसुङ, खोरिया र मरेनी टोलमा केन्द्रीय लाइन पुगिसकेको छ । यहाँका बासिन्दाले हाल उज्यालोका लागि लघुजलविद्युत् परियोजना र सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए । दरखोला जलविद्युत् आयोजनामा पटक–पटक समस्या आउन थालेपछि लुलाङवासी समस्यामा परेका थिए । 

साबिक लुलाङ गाविसमा ३७० घरपरिवारको बसोबास छ । म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ देखि रु २२ करोड बजेटको योजना सञ्चालन गरेको छ । 

यस योजनामार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ३ डाडागाउँ, पात्ले, वडा नं ४ ओखरबोटका ६००, धवलागिरिको मलम्पारका १५० र बुलका ४५ घरमा विद्युतीकरण भइसकेको छ । 

मालिका गाउँपालिकाको चिउरीबोट, महभिर र धवलागिरि गाउँपालिकाको मल्कवाङमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए। यो ठेक्कामार्फत धवलागिरि–१ को गुर्जाबाहेकका बस्तीमा केन्द्रीय विद्युत् सुविधा पुग्ने उनले बताए ।