काठमाडौँ । एएफसी एसियन कप छनोट अन्तर्गतको खेलमा नेपाल लाओसँग पराजित भएको छ । लाओसको न्यु लाओस स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोलीसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफमा एक र दोस्रो हाफको सुरुआतमा एक एक गोल खाएको नेपालले दोस्रो हाफको मध्येतिर एक गोल मात्र फर्काउन सक्यो ।
लाओसले खेलको १३औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता ल्याएको थियो ।
पुनः खेलको ४९औँ मिनेटमा गोल गर्दै लाओसले अग्रतालाई दोब्बर बनायो । नेपालका लागि मनिष डाँगीले खेलको ७३ औँ मिनेटमा पेनाल्टीमार्फत एक गोल फर्काएका हुन् ।







