काठमाडौँ । बिहानी पंगेनी अनेरास्ववियुको सचिवालय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन्।
कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी २४ औँ राष्ट्रिय महाधिवेशनमा विश्वविद्यालयको महिला क्लष्टरमा उनीबाहेक अरूको उम्मेदवारी नपरेपछि पंगेनी निर्विरोध भएकी हुन्।
बिहानी यसअघि अनेरास्ववियुको केन्द्रीय सदस्य थिइन्। अनेरास्ववियुको जारी महाधिवेशनमा पदाधिकारीसहित अन्य पदमा सर्वसम्मत गराउने कोसिस भइरहेको छ।
९ पदाधिकारी, ४९ सचिवालय र १५१ सदस्य केन्द्रीय कमिटीमा ५२१ जनाको उम्मेदवारी परेको छ।







