मुस्ताङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङ जिल्लास्थित पार्टी कार्यालयको शिलान्यास गरेका छन् ।
शिलान्यास समारोहमा अध्यक्ष ‘प्रचण्ड’ले आफ्नै कार्यालय भवन बनेपछि पार्टीले जनताको हितमा थप ऊर्जा र उत्साहका साथ काम गर्ने विश्वास व्यक्त गरे ।








