२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण अफ्रिकामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

अ+ अ-

एएफपी । दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । बाढीले एक स्कुल बस बगाउँदा त्यसमा सवार चार बालबालिकाको मृत्यु भएको र चार जना बेपत्ता भएको जनाइएको छ ।

भारी वर्षा, हिमपात र चिसो वायुले विशेष गरी पूर्वी केप प्रान्तका क्षेत्रहरूलाई प्रभावित गरेको छ र देशका अधिकांश भागमा गत हप्तादेखि नै व्यापक जाडो मौसमको महसुस भएको छ । 

पूर्वी केपका प्रमुख लुबाबालो ओस्कर माबुयानले प्रहरीको तथ्यांक उद्धृत गर्दै पत्रकारसँग भने, “अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ ।”

माबुयानेका अनुसार मथाथा शहर नजिकै आएको बाढीले १३ जना यात्रु बोकेको एउटा स्कूलबस  बगाउँदा बसमा सवार चार बालबालिकाको मृत्यु भएको छ भने अन्य चार जना बेपत्ता भएका छन् । उक्त बसमा सवार तीन जनालाई सकुशल उद्धार गरिएको छ । उनले प्रभावित सबै क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको बताए । 

उक्त क्षेत्रमा पछिल्लो एक हप्तामा परेको मुसलधारे वर्षाका कारण पहिरो जाँदा सयौँ परिवारहरू आफ्नो घर छोड्न बाध्य भएका छन् भने ‘महत्त्वपूर्ण पूर्वाधारहरूमा उल्लेखनीय क्षति’ भएको छ ।

मंगलबार तीन जना बालबालिकालाई पानीको बहावबाट बच्न रुखमा घण्टौँ बिताएपछि उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।