२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आटा लिन गएका प्यालेस्टीनीमाथि इजरायली सेनाले गोली चलाउँदा २५ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । गाजाका अस्पतालले सहायता सामग्री लिने प्रयासमा २५ जना प्यालेस्टिनी नागरिक मारिएको बताएका छन् ।

शहरी क्षेत्रका अस्पतालले इजरायली आक्रमणमा परी बुधबार राति २५ जनाको मृत्यु भएको बताएका छन् ।

अस्पतालका अनुसार इजरायली सैन्य क्षेत्र नेत्जारिम करिडोरमा यो घटना एक समूह अमेरिका र इजरायलद्वारा सञ्चालित ह्यूमेनिटेरियन फाउन्डेशनको खाद्य वितरण केन्द्रमा आटा लिन गएका बेला भएको हो ।

हमासको नागरिक सुरक्षा एजेन्सीले इजरायली सेनाले गोलाबारी गरेको बताएको छ । कैयौँ मानिसलाई ट्रकले कुचलेको पनि बताइएको छ । यता इजरायली सेनाले पनि सन्दिग्धहरू नजिक आउँदा सेनाले चेतावनीस्वरुप गोली चलाएको बताएको छ ।

खान युनुस्थित एक अस्पतालका अनुसार दक्षिणी राफामा जीएचएफस्थल नजिक इजराली गोलाबारीमा १४ अन्य मानिस पनि मारिएका छन् । राफाबाट प्राप्त रिपोर्टहरूलाई अध्ययन गरिरहेको इजरायली सेनाले जनाएको छ ।