२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘देशलाई काठमा आत्मनिर्भर बनाउन नीतिगत सुधार हुँदैछ’ : मन्त्री शाही

अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले विदेशी काठ आयातलाई निरुत्साहित गर्दै नेपाली काठलाई प्रवर्द्धन गर्ने उद्देश्यले नीतिगत सुधारको तयारी भइरहेको बताएका छन् । 

राष्ट्रियसभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ को सुझाव र समितिले वन तथा वातावरण मन्त्रालयलाई दिएको निर्देशन कार्यान्वयनबारे आज छलफल भएको थियो । 

सो छलफलका क्रममा उनले भने, “मानव वन्यजन्तुबीचको द्वन्द्व, स्वदेशी काठको उपयोगितामा क्रमशः नीतिगत सुधार गर्दै लैजाने काम भइरहेको छ, केही ऐन नियमावली संशोधनका क्रममा छन् ।” आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा वन, वातावरण, वन्यजन्तुसम्बन्धी धेरै विषय समावेश गरिएको र त्यसको कार्यान्वयन गर्ने प्रतिबद्धता मन्त्री शाहीले व्यक्त गरे । 

आगामी आर्थिक वर्षको बजेटमा वन क्षेत्रको भोगाधिकार दिँदा नाप जाँच गरिएका रूख कटान गर्नु पूर्व पुनः नाप जाँच गर्नुपर्ने व्यवस्था र सुकेका, ढलापडा रूख संकलन गरी प्रयोगमा ल्याउने भनिएको छ । सांसद जगतबहादुर पार्कीले नेपाललाई काठमा आत्मनिर्भर बनाउँदै मलेसिया र बङ्गलादेशलगायतका देशबाट हुने काठ आयात रोक्नुपर्नेमा मन्त्री शाहीको ध्यानाकर्षण गराए ।

सरकारले बजेटमार्फत देशभित्रको काठ तथा काठजन्य सामग्रीको गुणस्तरीय उत्पादन तथा उपभोग वृद्धि गर्न पुष्पलाल मध्यपहाडी राजमार्ग आसपासमा फर्निचर तथा भेनियर उद्योग स्थापनार्थ प्रोत्साहन गर्ने उल्लेख गरेको छ । सांसद उदयबहादुर बोहराले भने, “बाँदर र बँदेलले किसानको बाली खाइदिएर दिनु दुःख दिएको छ, यो वन्यजन्तु र किसानबीचको समस्या सरकारले जतिसक्दो चाँडो प्राथमिकताका साथ समाधान गर्नुपर्छ ।” सांसद नारायणदत्त मिश्रले वन डढेलो र मुलुकमा उत्पादित काठको उचित व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे ।