काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा नयाँ नेतृत्व चयनका लागि जारी मतदानको समय थप गरिएको छ ।
निर्वाचन बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म भनिए पनि ७ बजेसम्मलाई समय थप गरिएको हो ।
अहिले विद्युतीय मेसिनमार्फत मतदान चलिरहेको छ । नेतृत्वका लागि प्रकाश पौडेल र डा. सुजन कडरियाबीच प्रतिस्पर्धा छन् ।








