२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

अ+ अ-

गोदावरी (कैलाली) । कैलालीमा १८ स्थानमा जलमापन केन्द्र र २२ स्थानमा वर्षामापन केन्द्र स्थापना गरिएको छ । बाढीको अवस्थाबारे स्थानीय समुदाय तथा सरोकार भएका निकायलाई समयमा पूर्वजानकारी दिने उद्देश्यले केन्द्र स्थापना गरिएको हो । 

कैलालीको साँडेपानी, सीतापुर, मालाखेती, चौमाला, बलिया, भजनी, टीकापुर, अत्तरिया, कालुखेती, गोदावरी, गोगनपानी, गर्भादरबार, बघिल्ला, बौनियाँलगायत स्थानमा वर्षामापन केन्द्र स्थापना गरिएको विपद् जोखिम न्यूनीकरणका लागि महाकाली बेसिन कार्यालयले जनाएको छ ।

गोदावरी, चुरे र मोहन्याल गरी तीन पालिका पहिरोको जोखिममा रहेका जनाउँदै टीकापुर नगरपालिका, जानकी र कैलारी गाउँपालिका, भजनी नगरपालिका र धनगढी उपमहानगरपालिका बाढीको उच्च जोखिममा रहेका कार्यालयका प्रमुख सञ्जय साहले जानकारी दिए । 

विपद् जोखिम न्यूनीकरणका लागि महाकाली बेसिन कार्यालयले मनसुन आपतकालीन कार्ययोजना, २०८२ अनुसार काम गरिरहेको प्रमुख साहले बताए। विपद् व्यवस्थापनसम्बन्धी सूचना प्रवाहका लागि यस वर्ष पूर्वतरिकासहित आवश्यक सूचना प्रवाह भइरहेकाले जोखिम न्यूनीकरणमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

कैलालीस्थित कर्णाली नदीले लम्कीचुहा, जानकी र टीकापुर गरी तीन पालिकालाई प्रभावित गर्दै आएको प्रमुख साहले बताए । मोहना नदीले गोदावरी, धनगढी, कैलारी र भजनी, खुटिया नदीले चुरे, गौरीगङ्गा, गोदावरी र धनगढी, घुरहा नदीले कैलारी र भजनीलाई प्रभावित गर्दै आएको उनले उल्लेख गरे । 

जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन कार्यालयका प्रमुख साहले विगतदेखि डुबान समस्या हुँदै आएको क्षेत्रमा यस वर्ष तुलनात्मक रूपमा बढी डुबान हुनसक्ने भएकाले पूर्वतयारीमा जुट्न आवश्यक रहेको बताए । बाढीले कृषि उपजमा बढी नोक्सान गर्न सक्ने भएकाले विपद्सम्बन्धी सूचना लिइरहन कृषक तथा सबै जनसमुदायलाई आग्रह गरिएको उनले उल्लेख गरे ।