काठमाडौँ । उपसचिव पदको लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोटमा परेका नरेश राय यादवले अन्तर्वार्तामा उपस्थित नहुने निवेदन दिएसँगै लोक सेवा आयोगले सिफारिसका लागि उम्मेदवार नभेटिएको जनाएको छ।
लोक सेवा आयोगले नेपाल न्याय सेवा, कानुन समूह, राजपत्रांकित दोस्रो श्रेणी (उपसचिव) पदमा सिफारिस गर्न उम्मेदवार नभेटाएको हो ।
आयोगको विज्ञापन नं. १६६७५/०८१-८२(मधेसी) कोटामा दुई जनाको माग गरिएकोमा लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोटमा परेका उम्मेदवार यादवले अन्तर्वार्तामा उपस्थित नहुने लिखित निवेदन आयोगमा पेस गरेसँगै सिफारिस गर्न उम्मेदवार नभएको हो ।








