२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

अ+ अ-

काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ।

अस्पतालले पोखरा निवासी ५६ वर्षीया ईश्वरबहादुर कार्कीको  जेठ ८ गते भारतको परोपकारी अस्पताल अमृता अस्पतालसँगको सहकार्यमा कलेजो प्रत्यारोपण गरेको हो ।  

कार्कीलाई उनका २६ वर्षीय छोरा आयुष कार्कीले कलेजो दान गरेका हुन् ।

अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहले जानकारी दिए । उनले कलेजो प्रत्यारोपण झण्डै १३ घण्टा लागेको बताए। 

पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले अस्पतालसँग मल्टिडिसिप्लिनरी टोली भएका कारण कलेजो जस्तो जटिल शल्यक्रिया सम्भव भएको बताए।

‘हामीले नेपालीहरू उपचारका लागि विदेश जान नपरुन् भन्ने उद्देश्यले कलेजो प्रत्यारोपण सेवा सुरु गरेका हौँ’, उनले भने, ‘अस्पतालको जनशक्तिलाई नै बलियो बनाई जस्तोसुकै जटिल स्वास्थ्य समस्यामा पनि सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने कोसिसमा रहेका छौँ ।’

कलेजो दाता आयुषले अंगदान गरेर बुवालाई बचाएको भन्दै सबैलाई अंगदान गर्न आग्रह गरे। उनले उपचारका लागि दुई पटक भारत गएको तर त्यहाँको उपचार सेवा भरपर्दो नभएपछि मेडिसिटी अस्पतालमा आएर उपचार गरेको बताए।

‘हामी उपचारका लागि दुई पटक भारत गएका थियो, तर त्यहाँ डक्टरको परामर्श चिता बुझेन । बुबालाई जसरी पनि मिर्गौला र कलेजो प्रत्यारोपण गर्नुपर्छ भनेपछि हामी झन् आत्तियौँ र नेपाल नै फर्क्यौँ’ कलेजो दाता आयुषले भने 

कलेजोकै कारण मिर्गौला खराब भएकाले हाल बिरामीको मिर्गौलामा पनि सुधार देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालले कलेजो प्रत्यारोपणसँगै विभिन्न अंको पनि प्रत्यारोपण गर्दै आइरहेको छ । 

मेडिसिटि अस्पतालमा हालसम्म ४५ जनाको अंग सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भइसकेको छ भने ५०० जना भन्दा बढको हिप तथा जोर्नी प्रत्यारोपण भइसकेको छ ।