२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरद्वारा नि:शुल्क मानसिक स्वास्थ्य परीक्षण सुरु

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विशेषज्ञससहित मानसिक स्वास्थ्य परीक्षण सुरु गरेको छ । 

यो सेवा हरेक आइतबार र बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म नि:शुल्क सञ्चालन हुनेछ ।

कामपा स्वास्थ्य विभागले वडा नम्बर ११ बबरमहलको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट तनाव, ‘एङ्जाइटी’, ‘डिप्रेसन’सम्बन्धी मानसिक रोगका साथै रक्सी तथा लागूपदार्थको कुलतमा फसेकालाई लक्षित गरी नि:शुल्क स्वास्थ्य परीक्षण सुरु गरेको हो । 

कामपा-११ का वडाध्यक्ष हीरालाल तुण्डकारले लुकाउने गरिएको मानसिक समस्याका बारेमा खुलेर उपचार गर्ने वातावरण बनाएर सम्भावित जोखिम घटाउन कामपाले परीक्षण सुरु गरेको जानकारी दिए।   

पाटन अस्पतालका मनोचिकित्सक डा. अनिमा पराजुलीले आवेग, निराशा, उत्तेजना, डर, चिन्ता, दिक्दारी, छटपटी, मनमा धेरै कुरा खेल्ने, भोक तथा निद्रा नलाग्ने, दिशा, पिसाब गरिरहनेलगायत अस्वाभाविक परिवर्तन हुनु मानसिक समस्याका लक्षण रहेका बताए ।

मानसिक समस्यालाई समयमा पहिचान गरेर नियन्त्रण बाहिर पुग्नुअघि समाधानका उपाय खोज्न सकिने उनको भनाइ छ । 

“सामान्यभन्दा बढी नकारात्मक वा पीडादायक सोचाइ आउनु, दुखित हुनु, चिन्तित हुनु, डराउनु, निराश हुनु, असहज शारीरिक लक्षण देखिनु, अस्वाभाविक र असामान्य व्यवहार देखिनु, दैनिक काममा असहज हुनुलगायत व्यवहारमा परिवर्तन देखिएमा मानसिक समस्या हुनसक्छ”, डा. पराजुलीले भनिन् । 

यस्ता समस्या सकेसम्म अरूलाई नसुनाउने भएकाले रोग बढ्दै जाने भन्दै पाटन अस्पतालका चिकित्सा मनोविद् अनुपराज भण्डारीले ठूला अस्पतालमा मानसिक समस्याका बिरामीको सङ्ख्या बढ्दै गइरहेको बताए । वडास्तरमा हुने विशेषज्ञ परीक्षणले अस्पतालमा बिरामीको चाप घट्ने र सेवाको गुणस्तर बढ्ने उनको भनाइ छ । 

विश्वास लाग्ने व्यक्तिसँग मात्र कुराकानी गर्ने, परामर्शदातासँग कुरा गर्ने, व्यायाम गर्ने, प्रशस्त पानी पिउने, गीत गाउने वा सुन्ने, गहिरो सास फेर्नेलगायत अभ्यास गर्नुपर्ने भण्डारीले उल्लेख गरे । 

“सन्तुलित खानपान गर्नुपर्छ । दैनिक करिब १ घण्टा व्यायाम गर्नुपर्छ । मोबाइल, ल्यापटप जस्ता विद्युतीय उपकरणको प्रयोग घटाउनुपर्छ । करिब ८ घण्टा सुत्नुपर्छ । हानिकारक पदार्थको प्रयोग गर्नुहुँदैन । कुनै समस्या आएमा मनोविद् र मनोचिकित्सकको सुझाव लिनुपर्छ । आफूले आफैँलाई नियन्त्रणमा राख्ने अभ्यास पहिलो उपचार हो”, उनले भने ।  

मानसिक स्वास्थ्यको लक्षण, असर र समाधानका उपायसम्बन्धी सन्देश प्रवाह गरेर मानसिक समस्यालाई घटाउन, परीक्षण र परामर्शबाट व्यक्तिको अवस्था पत्ता लगाएर उपचार गराउने उद्देश्यले कामपाले कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।