२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीको पाउद्वारमा खेलमैदान निर्माण

अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारमा खेलमैदान निर्माण भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको सहयोगमा खयरभारानी युवा क्लवले पाउद्धारमा खेलमैदान निर्माण भएको हो । उपभोक्ता समितिका सचिव भविन पाइजाले पाखोबारी सम्माएर खेलमैदान निर्माण गरिएको जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिकाको रु. २१ लाख ५० हजार बजेटबाट पाखोबारी सम्माएर ८५ मिटर लम्बाई र ३० मिटर चौडाइको खेलमैदान निर्माण गरिएको जानकारी दिए । “विद्यालयको खेलमैदानमा खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्दा पठनपाठन समस्या भएपछि नयाँ ठाउँमा जग्गा खोजेर खेलमैदान निर्माण गरिएको हो,” उनले भने “पोखोबारी सम्माएर खेलमैदान बनाएका हौँ ।”

डोजर परिचालन गरेर सम्माइएको खेलमैदानको डिलतर्फ ग्यावीयन पर्खाल निर्माण र बल छेक्न तारजाली निर्माण गरिएको छ । खेलमैदान निर्माण गर्न स्थानीय रामकृष्ण तिलिजाले रु. दुई लाख २० हजार बराबरको एक आना जग्गा दान गरेका छन्  । रु. छ लाख ६० हजार मूल्य बराबरको थप तीन रोपनी जग्गा खरिद गरिएको थियो ।

खेलमैदान निर्माणका लागि पाउद्वारका १३५ घरपरिवारले एक/एक दिनका दरले श्रमदान गरेका छन् । क्लवमा आबद्ध युवाले पनि योजना निर्माणमा श्रमदान गरेका छन्। खेलमैदानमा स्टेज, प्याराफिट, सार्वजनिक शौचालयलगायतका पूर्वाधार तयार गर्न बाँकी छन् ।

खेलमैदान निर्माण भएपछि पाउद्धारका युवा युवतिलाई खेलअभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ ।