२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँ प्रशासनद्वारा बिहान ७ बजेदेखि ५ बजेसम्म सेवा दिन सुरु

अ+ अ-

दमौली (तनहुँ) । जिल्ला प्रशासन कार्यालय तनहुँले नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि बिहान ७ बजेदेखि सेवा दिन सुरु गरेको छ । कार्यालयमा नयाँ नागरिकता र राष्ट्रिय परिचयपत्र दर्ताका लागि आउने सेवाग्राहीको चाप बढेपछि कार्यालयले शुक्रबारदेखि बिहान ७ देखि ५ बजेसम्म सेवा सुरु गरेको हो ।

बढ्दो गर्मीका कारण सेवाग्राहीलाई सास्ती भएकाले बिहानदेखि सेवा प्रवाह सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए। उनले भने, “सेवा प्रवाहलाई व्यवस्थित गराउन बिहानदेखि सेवा प्रवाह थालिएको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि ७ बजेदेखि सेवा सुरु हुनेछ ।”

कार्यालयमा नागरिकता र राष्ट्रिय परिचयपत्र विवरण दर्ताका लागि सेवाग्राहीको चाप बढ्दै गएको छ । कार्यालयले यसअघि दैनिक एक सय ५० को हाराहारीमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्दै आएको छ । 

तनहुँमा १२ हजार राष्ट्रिय परिचयपत्र वितरण, ४६ हजार बाँकी

जिल्लामा १२ हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित दश स्थानीय तहमा परिचयपत्र पठाएकामा सम्बन्धित स्थानीय तहबाट १२ हजार ५०७ जनालाई परिचयपत्र वितरण गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयबाट दुई सय ५८ परिचयपत्र वितरण भएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए। प्रशासन कार्यालयमा आइपुगेका राष्ट्रिय परिचयपत्र चालु आर्थिक वर्षमा कार्यालयले सम्बन्धित पालिकामा पठाएको थियो । अधिकारीका अनुसार जिल्लाका पालिकामा ५९ हजार ५०० थान परिचयपत्र पठाइएको छ । अझै ४६ हजार ७३५ थान परिचयपत्र वितरण हुन बाँकी छ । 

अधिकारीले भने, “सम्बन्धित स्थानीय तहबाटै परिचयपत्र वितरण गर्दा सम्बन्धित व्यक्तिलाई सहज हुने भएपछि प्रशासन कार्यालयमा थन्किएर बसेका परिचयपत्र पालिकामा पठाएका हौँ । यसले गर्दा परिचयपत्र लिन सदरमुकामसम्म धाउनुपर्ने अवस्था रहेन ।” उनका अनुसार चालु आर्थिक वर्षमा १५ हजार ७१२ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दर्ता गरेका छन् । दिनमा १८० जनासम्मको आवेदन दर्ता गर्ने गरिएको छ । त्यसका लागि दुई वटा स्टेसन तोकिएको छ ।