२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमतीको बजेट पूर्वनिर्धारित समयमा प्रस्तुत नहुने, डाकियो मन्त्रिपरिषद् बैठक

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश सरकारको बजेट पूर्वनिर्धारित समयमा प्रस्तुत नहुने भएको छ ।

बजेटमाथि सरकारभित्र विवाद उत्पन्न भएपछि बजेट प्रस्तुतका लागि ३ बजेलाई बोलाइएको प्रदेश सभा बैठक करिब ७ बजेलाई राख्ने तयारी भइरहेको हो । 

प्रदेश सभा सचिवालयका प्रवक्ता कानुन अधिकृत मनोजकुमार गुप्ताले साढे ६ बजेपछि मात्रै बैठक बस्ने जानकारी दिए । सचिवालयले बैठक स्थानान्तरण भएको सम्बन्धी सूचना निकाल्न लागेको गुप्ताले बताए ।

सरकारले मन्त्रिपरिषद् बैठक साढे ५ बजेलाई राखेको छ । भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले साढे ५ बजेलाई मन्त्रिपरिषद् बैठक बोलाइएको र त्यसपछि मात्रै प्रदेशसभा बस्ने जानकारी दिए । यसअघि मन्त्रिपरिषद् बैठक दिउसो साढे २ बजेलाई बोलाइएको थियो ।

सत्ता साझेदार दल नेकपा एमालेसँगको सहमति भन्दा बढीको बजेट ल्याउने तयारी भएपछि सरकारमा तनाव भएको थियो । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली काँग्रेसबिच बजेट ६८ अर्ब भन्दा बढी बढाउन नपाइने समझदारी भएकोमा मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले ७२ अर्ब पुर्‍याएको आरोप लगाइएको छ ।

जसकारण सरकारमा विवाद उत्पन्न भएपछि प्रदेशसभा बैठक पूर्वनिर्धारित समयमा बस्न नसकेको एक सांसदले जानकारी दिए । आजै बस्ने मन्त्रिपरिषद् बैठकले बजेट पास गरेपछि प्रदेश सभा बैठकमा प्रस्तुत गर्नुपर्ने हुन्छ । बजेट नसच्चिए मन्त्रिपरिषद् बैठकबाट बजेट पास हुनेमा अन्यौलता देखिएको छ ।