२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गजल प्रवर्द्धन केन्द्रको औपचारिक घोषणा तथा संयुक्त गजल सङ्ग्रह ‘साधना’ विमोचन

अ+ अ-

काठमाडौँ । नेपाली गजललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यसहित स्थापना गरिएको गजल प्रवर्द्धन केन्द्र, नेपालको औपचारिक घोषणा गरिएको छ। नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले एक विशेष समारोहका बीच केन्द्रको औपचारिक घोषणा गरेका हुन्।

सोही अवसरमा नेपाली भाषा र व्याकरणको शुद्धतामा जोड दिँदै ७५ जना गजलकारद्वारा रचित संयुक्त गजल सङ्ग्रह साधना को विमोचन समेत गरिएको थियो।

कार्यक्रममा कुलपति राईले गजल लेखनको प्रशिक्षण, कृति प्रकाशन तथा सङ्गीतबद्ध गजल निर्माणसम्मको सहयोग गर्ने उद्देश्यले केन्द्रले अन्य संस्थाभन्दा फरक पहिचान स्थापित गर्ने विश्वास व्यक्त गरे। उनले नेपाली गजलका प्रथम रचनाकार युवाकवि मोतीराम भट्टको नाममा ‘मोती गजल पुरस्कार’ स्थापना गर्ने केन्द्रको प्रस्तावमा सम्बोधन गर्दै यसका लागि आफूले पहल गर्ने प्रतिबद्धता पनि जनाए। साथै, गजलको विकास र प्रवर्द्धनका लागि केन्द्रले ल्याउने योजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानको पूर्ण सहयोग रहने वचनसमेत दिए।

केन्द्रका संरक्षक तथा वर्दघाट प्रज्ञा-प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ ले शुभकामना मन्तव्यका क्रममा विगत २० वर्षदेखिको आफ्नो सपना गजल प्रवर्द्धन केन्द्रमार्फत साकार हुने आशा व्यक्त गरे। उनले नेपालका विभिन्न भाषामा गजलको विस्तार र प्रवर्द्धनका लागि सबैको सहयोग आवश्यक रहेको पनि उल्लेख गरे।

राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्गस्थित सभाकक्षमा आयोजित उक्त कार्यक्रममा डा. घनश्याम परिश्रमीलाई नेपाली गजलमा पुर्‍याएको योगदानको कदर गर्दै गजलकारहरूले दोसल्ला ओढाएर सम्मान गरेका थिए। त्यस्तै, साधना सङ्ग्रहका सम्पादक विमुन्स पौडेल र ध्रुवप्रसाद गजुरेललाई कदरपत्रसहित सम्मान गरिएको थियो।

कार्यक्रममा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, गायिका पूजन मिश्र, किशोर कोइराला, टीका सुदीप निरौला, अरुण खड्का, शर्मिला तिमल्सिना, सुधीर थापा, उत्तम विचार, वासुदेव ठकुरी, कल्पना भट्टराई, सङ्गीता खरेल र राजेन्द्रकुमार बज्राचार्यलगायत कलाकारहरूले तरन्नुममा गजल वाचन गरेका थिए।

कार्यक्रमको सभापतित्व गजल प्रवर्द्धन केन्द्र, नेपालका अध्यक्ष अरुणकुमार श्रेष्ठले गरेका थिए भने कोषाध्यक्ष विमुन्स पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।