२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलित युवालाई सीप सिकाउँदै तमानखोला गाउँपालिका

अ+ अ-

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले दलित समुदायका युवालाई आयआर्जनसँग जोड्न बाँसका सामग्री बनाउने तालिम दिन थालेको छ । गाउँमा पाइने बाँस तथा निगालेलाई उपयोग गरी युवालाई उद्यमी बनाउने उद्देश्यले तालिम दिन थालिएको हो । 

उच्च पहाडी क्षेत्रमा पर्ने तमानखोलामा पर्याप्त बाँस तथा निगालो पाइने हुँदा तालिमबाट सीप सिकेर त्यसलाई आयआर्जनको माध्यम बनाउन सकिने छ । बुढापाकाले वषौँदेखि परम्परागत रूपमा ढालो, नाङ्लो, डोरी लगायत सामग्री बनाएर प्रयोग गर्दै आए पनि बिक्री कम हुँदै आएको थियो । 

बजारमा बिक्ने सामग्री निर्माण गरेर युवालाई उद्यमी बनाउने उद्देश्यले तालिम दिइरहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए। पालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु चार लाख ७५ हजारले युवालाई तालिम दिएको उनले जानकारी दिए ।  

ललितपुरबाट प्रशिक्षक झिकाएर १५ दिने तालिम दिइरहेको अध्यक्ष बुढा मगरले बताए । उनले भने, “बाँसबाट गाउँमा अहिले बुढापाकाले विभिन्न सामग्री बनाउने गर्नुहुन्छ, उहाँहरूले बनाए पनि घरायसी प्रयोजनका लागि मात्रै प्रयोग हुन्छ, बजारमा लगेर बिक्री गर्ने प्रचलन कम भएकाले पुस्ताले त्यसतर्फ केन्द्रित गर्न खोजेका छौँ । युवालाई बाँसबाट आकर्षक सामग्री बनाउन सिकाएर उद्यमी बन्न प्रेरित गरिरहेका छौँ, उहाँहरूले सीप सिकेर उत्पादन गर्न थाल्नुभयो भने त्यसको बिक्रीमा समस्या भए पालिकाले सहजीकरण गर्नेछ ।”

तालिममा गाउँपालिकाका छ वटै वडाका युवाहरू सहभागी छन् । युवालाई फोटो फ्रेम, कुर्ची र टेबललगायत सामग्री बनाउने सीप सिकाइने अध्यक्ष बुढामगरले उल्लेख गरे । सीप सिकेर युवाले सामग्री बनाउन थालेपछि वनजङ्गलमा खेर गइरहेका बाँस र निगालो प्रयोगमा आउने उनको भनाइ छ ।

तालिममा सहभागी धनीराम घमालले बाँसको चुयाबाट आकर्षक सामग्री बन्ने भएकाले प्रशस्त आम्दानी गर्न सकिने बताए। आफूले पहिलेदेखि मुढा बनाउने गरेको भन्दै अहिले तालिमबाट थुप्रै प्रकारका सामग्री बनाउन सिकिरहेको उनले उल्लेख गरे । 

तालिमपछि बाँसका सामग्री बनाएर आफ्नै आयआर्जन सर्न सकिने आत्मविश्वास बढेको उनले बताए । “हाम्रो गाउँघरमा पाइने बाँसबाट प्रयोगमा आउने आकर्षक सामान बनाउन सकिन्छ । अहिलेसम्म हामीले मेसो पाएका थिएनौँ, प्रशिक्षक सरले आकर्षक सामान बनाउन सिकाउनुभएको छ । आगामी दिनमा बाँसका सामग्री बनाएर बिक्री गर्ने योजना छ”, घमालले भने, “आर्थिक अवस्था कमजोर छ, पालिकाले सहयोग गर्‍यो भने सानोतिनो उद्यम गर्ने योजना छ ।”