काठमाडौँ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवा छलफलमा जुटेका छन् ।
प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भनिए पनि माओवादी अध्यक्ष ‘प्रचण्ड’ उपत्यका बाहिर भएकाले प्रधानमन्त्री र देउवा मात्रै छलफलमा जुटेका हुन् ।
बालुवाटारमा उनीहरूबीच छलफल जारी छ ।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) को जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल चलिरहेको जनाइएको छ ।







