काठमाडौँ। चितवनको कालिका नगरपालिकाले आव २०८२/०८३ का लागि नीति तथा कार्यक्रमका साथै बजेट ल्याएको छ ।
जिल्लाका ७ पालिका मध्ये कालिका नगरपालिकाले सबैभन्दा पहिले नीति तथा कार्यक्रम र बजेट ल्याएको हो ।
नगर उपप्रमुख विमला तामाङले आगामी आर्थिक वर्षका लागि ९५ करोड ०७ लाख २० हजारको बजेट पेश गरेकी छन् ।
बजेटमा संघीय सरकारतर्फ समानीकरण अनुदान १३ करोड ८५ लाख, सशर्त अनुदान २५ करोड ५८ लाख, विशेष अनुदान २ करोड ८५ लाख, समपूरक अनुदान ७३ लाख र राजश्व बाँडफाँटबाट १२ करोड ४६ लाख ९४ हजार रहेको छ ।







