काठमाडौँ । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स खारेज गरेको छ ।
ती कम्पनीले कानुन विपरीत काम गरेको भन्दै राष्ट्र बैंकले अनुमतिपत्र खारेज गरिदिएको हो ।
अवैध सुन कारोबारको भुक्तानी प्रक्रियामा डिजिटल पेमेन्ट गेटवे पेवेल र सजिलो पेको संलग्नता रहेको भेटिएको थियो ।
गत असारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पत्रकार सम्मेलन गरी यी दुई सेवा प्रदायक संस्थाहरूबाट अवैध सुन कारोबारको भुक्तानीमा सहजीकरण भएको खुलासा गरेको थियो ।
सोही विषयमा अनुसन्धान गर्दा ती कम्पनीहरू दोषी पाइएपछि राष्ट्र बैंकले अनुमति पत्र खारेज गरेको हो ।







