धनकुटा । घरको बरण्डाबाट लडेर एक जना महिलाको मृत्यु भएको छ। धनकुटा नगरपालिका-१० उत्तरपानीका ५० वर्षीया प्रमिला राईको मृत्यु भएको हो ।
आज बिहान करिब ६ बजे घरको दोस्रो तलाको बरण्डाबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उच्च रक्तचापकी बिरामी रहेकी उनी बिहान कोठाबाट बरण्डामा निस्कने क्रममा लडेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।







