२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोयल्टी बाँडफाँटबारे द्विपक्षीय नेपाल र भारतका संगीतकर्मीबीच सम्झौता

अ+ अ-

काठमाडौँ । संगीत रोयल्टी संकलन तथा वितरणबारे नेपाल र भारतका संगीतकर्मीबीच द्विपक्षीय सम्झौता भएको छ ।

यसैसाता जापानमा आयोजित कार्यक्रममा नेपालको ‘पर्फमर्स सोसाइटी अफ नेपाल’ र भारतको ‘इण्डियन सिंगर्स एण्ड म्युजिसियन राइट्स एसोसिएसन’बीच लिखित सम्झौता भएको हो ।

सम्झौतामा नेपाल तर्फबाट चर्चित र्‍यापर समेत रहेका संस्थाका उपाध्यक्ष निर्णय एनएसके र भारततर्फबाट एसोसिएसनका संस्थापक सञ्जय टन्डनले हस्ताक्षर गरे ।

सम्झौताअनुसार नेपालमा भारतीय कलाकारको गीत सार्वजनिक थलोमा बजेबापत भारतीय कलाकारलाई रोयल्टी तिर्नुपर्नेछ । होटेल, रेस्टुरेन्ट, रेडियो, यातायात, बनभोज लगायतका थलोमा संगीत बजेबापत रोयल्टी रकम तिर्नुपर्नेछ ।

भारतमा नेपाली कलाकारको गीत बज्दा भारतले पनि नेपाललाई रोयल्टी बुझाउनुपर्नेछ । टन्डनले सम्झौतालाई कलाकारको अधिकारको लागि क्षेत्रीय ऐक्यबद्धतातर्फको एक शक्तिशाली कदमको रूपमा प्रशंसा गरे ।

यो सम्झौताले भारतीय र नेपाली गायकलाई एक अर्काको देशमा रहेका संयन्त्रमार्फत रोयल्टी संकलन गर्न बाटो खोल्ने अपेक्षा गरिएको छ, जसले दक्षिण एसियाभरि भविष्यको सहयोगको लागि उदाहरण स्थापित गर्नेछ ।

सो अवसरमा ‘एससीएपीआर’का प्रबन्ध निर्देशक रेमी डेस्रोसिएर्ससँगै विभिन्न एसियाली मुलुकबाट सहभागी कलेक्टिभ म्यानेजमेन्ट अर्गनाइजेसन (सीएमओ)का का प्रतिनिधि थिए ।

उपाध्यक्ष निर्णय एनएसकेले पर्फर्मर्स सोसाइटी अफ नेपालले जापान, थाइल्याण्ड, मलेसिया र फिलिपिन्सका सीएमओसँग पनि यस्तै द्विपक्षीय सम्झौता भएको बताए ।

सीएमओमार्फत ती मुलुकका संस्थाले संगीतकर्मी र सर्जकको पेशागत हितको अधिकारमा वकालत र व्यवस्थापन गर्दै आएका छन् ।