२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी उद्योग घाटामा जानुको कारणबारे प्रधानमन्त्रीसँग जवाफ माग

अ+ अ-

काठमाडौँ। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सरकारी उद्योग घाटामा जानुको कारण माग गरेका छन् ।

सरकारी उद्योग घाटामा जाने अवस्था बनाउने अनि निजी उद्योगसँग कर लिने नीति विरोधाभासपूर्ण रहेको भन्दै उनले प्रधानमन्त्रीसँग जवाफ मागेका हुन् ।

‘सरकारी उद्योगहरू घाटामा छ । सरकारी ट्रेन घाटामा छ, प्लेन घाटामा छ’, शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने ।

देशमा व्यापक लुट रहेको तथ्य देखाउने उदाहरण सरकारी उद्योग घाटामा जाने र निजी उद्योग फस्टाउने रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले जिम्मेवार भएर जवाफ दिनुपर्ने माग गरे ।

‘सरकारी उद्योगको घाटाको चित्त बुझ्दो जवाफ दिनुस् । लुट होइन, कुशासन होइन, सुशासन हो भने परिणाम के हो रु’ प्रधानमन्त्रीलाई साहको प्रश्न छ ।

यदि चित्त बुझ्दो जवाफ दिन सकिँदैन र सरकारी उद्योगलाई नाफामा लैजान सकिँदैन भनेर रेस्ट लिन (राजीनामा दिन) प्रधानमन्त्रीलाई उनको सुझाव छ । ‘यदि तपाईँ सक्नुहुन्न भने जनतासँग कर लिने काम बन्द गर्नुस् वा तपाईँ रेस्ट लिनुस् भनेर आग्रह गर्न चाहन्छु ।’