२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाजरकोट भूकम्पबारे ‘प्रचण्ड’को दाबी-‘मैले अग्रसरता नलिएको भए उद्धार प्रभावकारी हुन्थेन’

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिधै प्रधानमन्त्री कार्यालय मातहत राख्नुपर्ने बताएका छन्।

उनले जाजरकोट भूकम्पका बेला प्रधानमन्त्रीको हैसियतमा आफैँले अग्रसरता लिँदा मात्र उद्धार र राहत प्रभावकारी भएको अनुभव सुनाउँदै प्राधिकरणको संरचना परिवर्तन गर्नुपर्नेमा जोड दिए।

शुक्रबार पार्टीको विपद् व्यवस्थापन केन्द्रीय विभागले आयोजना गरेको ‘नेपालमा विपद्को अवस्था र पूर्वतयारी’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विपद्का बेला सबै सरकारी संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्न प्राधिकरण प्रधानमन्त्री कार्यालय मातहत हुनु नै उत्तम विकल्प भएको निष्कर्ष सुनाए।

‘जाजरकोट भूकम्पका बेला प्रधानमन्त्रीको हैसियतले युद्धस्तरमा लिएको पहलका कारण सबै मन्त्रालय, सुरक्षा निकायका चारवटै अंग र अन्य संघसंस्था स्वतः परिचालित हुन पुगे,’ उनले भने, ‘प्रधानमन्त्री आफैँ अगाडि सरिसकेपछि अरूले विधि, विधान र प्रक्रिया हेरिराख्नुपरेन। यो अनुभवले मलाई के लाग्यो भने प्राधिकरण प्रधानमन्त्री कार्यालय मातहत भयो भने मात्रै यसले प्रभावकारी काम गर्न सक्छ।’

अध्यक्ष दाहालले विपद् आइसकेपछि मात्र तात्ने तर पूर्वतयारीमा ध्यान नदिने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए। ‘प्रिभेन्सन इज बेटर द्यान क्योर’ भनेझैँ उपचारभन्दा रोकथाम नै महत्त्वपूर्ण हो,’ उनले भने, ‘हामीकहाँ विपद् नआउँदासम्म तयारीमा ध्यान नदिने र आइसकेपछि तयारी नपुग्ने र ठूलो क्षतिको सामना गर्न बाध्य हुने संस्कृति छ। यसको अन्त्यका लागि आवश्यक ऐन, कानुन र प्राविधिक तयारीमा जुट्नुपर्छ।’

उनले आफ्नो पार्टीले विपद् व्यवस्थापन विभागलाई जनसंगठनकै रूपमा विकास गर्ने र सबै भ्रातृ संगठनहरूलाई समेत स्वयंसेवक गठन गरी पूर्वतयारी, उद्धार र राहतका लागि तयारी अवस्थामा रहन निर्देशन दिइने प्रतिबद्धता व्यक्त गरे।

उनले अन्य राजनीतिक दलहरूले पनि यस्तै पहलकदमी लिनुपर्नेमा जोड दिए। कार्यक्रममा प्रस्तुत गरिएका सुझावहरूलाई सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिँदै दाहालले मौसमविद्हरूको पूर्वानुमानअनुसार यस वर्ष मनसुनमा ठूलो विपद् आउन सक्ने खतराप्रति सबैलाई सचेत गराए।