२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा सांसदले लगाएका कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको चासो

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले कालो वस्त्र र नीलो रिबन लगाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन्।

संसदमा बैठक सुरु हुन लाग्दा रास्वपाका सांसदहरूले कालो वस्त्र र नीलो रिबन लगाएर संसदमा उपस्थित भएको देखेपछि प्रधानमन्त्री ओलीले प्रश्न गरेका थिए। 

रास्वपा सांसद मनिष झाका अनुसार संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले मानव तस्करीको विरोधमा आफूहरूले कालो वस्त्र र नीलो रिबन लगाएको जानकारी दिएका थिए ।

उनले नीलो रिबन मानव तस्करीविरुद्धको विश्वव्यापी संकेत भएको बताएका थिए। प्रधानमन्त्रीलाई वस्त्रबारे जानकारी गराइसकेपछि प्रधानमन्त्रीले शुभकामना दिएका थिए ।

सांसद झाले भने, यो नीलो रिबन मानव तस्करीविरुद्धको विश्वव्यापी संकेत हो। हामीले यो लगाएका छौँ। साथै कालो ड्रेस लगाएका छौँ। हामीले विगत २२ दिनदेखि विरोध गरिरहेका छौँ। लगभग १५ वटा बैठकमा विरोध गरेका छौँ। आज पनि निरन्तरता दिएका छौँ। विरोधको अर्को संकेत सबैले कालो वस्त्र पनि लगाएका छौँ। २२ दिनसम्म पनि आन्दोलन गर्दा देशको अभिभावक प्रधानमन्त्रीज्यूको यसबारेमा कुनै वक्तव्य आएको छैन। आज संसदमै जम्काभेट भयो प्रधानमन्त्रीज्यूसँग। उहाँले किन यस्तो ड्रेस भनेर जिज्ञासा राख्नुभयो। हामीले मानव तस्करविरुद्धको विरोधमा छौँ भनेर जानकारी गरायौँ। उहाँले शुभकामना दिनुभयो।’

२२ दिनसम्म आन्दोलन चल्दासमेत सरकारले चासो नदिँदा कालो वस्त्र लगाएर विरोध गर्नुपरेको रास्वपाले बताएको छ।